Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सकोे संस्थापक शेयर बिक्रीमा

3.67K
shares

काठमाडौं, ११ चैत । सोपान फर्मास्युटिकल्सले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीको संस्थापक समूहको ३ लाख ४५ हजार ५६१ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउनेछन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुविधानगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा पेस गर्न सकिनेछ।