Dhulikhel Eco Banner new

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

2.87K
shares

काठमाडौं, १४ चैत । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। कम्पनीले संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्नेछ।