Dhulikhel Eco Banner new

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

3.67K
shares

काठमाडौं, १४ चैत । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ। इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

जसमध्ये कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिशेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिशेयर १६३।९० रुपैयाँमा र २४ हजार ६०२ कित्ता प्रतिशेयर १६३।५० रुपैयाँमा बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।