ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ चैत २० बुधवार १०:१६
3.5K
shares
shares

काठमाडौं, २० चैत । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। शेयर खरीद गर्न इच्छुक शेयधरनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।
निवेदन बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र बैंकका शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

















