Dhulikhel Eco Banner new

सान्भि इनर्जीको आईपीओमा शुक्रवारदेखि आवेदन दिन सकिने

2.11K
shares

काठमाडौं, ५ वैशाख । सान्भी इनर्जी लिमिटेडले शुक्रवारदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ खुला गरेको हो। सर्वसाधारणले भने दोस्रो चरणमा मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० को दरले कुल ३७ लाख ९० हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म तथा सो अवधिसम्म पूरा बिक्री नभएमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । इलामस्थित नबिल बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकका शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।