डा. गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा
वि.सं.२०८२ वैशाख ५ शुक्रवार १२:२३
shares

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने संकेत देखिएपछि शुक्रबार कार्यालय समय शुरु भएसँगै उनले राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेसको कोटामा गभर्नर पर्ने लगभग पक्का देखिएको छ ।
कांग्रेसको भागमा पर्दा भट्ट गभर्नर बन्ने लगभग निश्चित छ । गभर्नर बन्नका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर बाहेक अन्य पदमा रहेकाले पद त्याग गर्नु पर्ने हुन्छ । सोही व्यवस्थाका कारण यसअघि कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पनि पदबाट राजीनामा बुझाएका थिए । यद्यपि, उनको राजीनामा हालसम्म पनि स्वीकृति भएको छैन ।

















