महानगरले अनाधिकृत पार्किङ गर्ने सवारीसाधनलाई गर्यो जरिवाना
वि.सं.२०८२ वैशाख ५ शुक्रवार १२:२२
4.02K
shares
shares

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले वैशाख ४ गते काठमाडौं महानगर भित्र सहरी सु–व्यवस्था कायम गर्ने क्रममा अनाधिकृत पार्किङ गरिएका सवारी साधनलाई जरिवाना गरेको छ ।
महानगरले अनाधिकृत पार्किङ गरिएका ८३ थान दुई पाङग्रे सवारी साधनबाट ८३ हजार जरिवाना गराएको छ भने अनाधिकृत पार्किङ गरिएका चार पाङग्रे १ थान सवारी साधनबाट २५ सय जरिवाना गराएको हो ।

















