राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
वि.सं.२०८२ वैशाख १० बुधवार ०९:५६
shares

काठमाडौं, १० वैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थपिएको छ।
निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख २१ गतेसम्म म्याद थपिएको हो । पर्याप्त आवेदन परेमा सोभन्दा अघि नै निष्कासन बन्द गरिने बैंकले जानकारी दिएको छ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये बैंकले १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।
बैंकले बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन गरेको छ।
यसमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ।
बैंकलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एप्लस’ इस्यूअर रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त र कर्जा जोखिम न्यून भएको संकेत गर्छ।














