Dhulikhel Eco Banner new

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

3K
shares

काठमाडौं, ३० वैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गरी लिन चाहेको शेयर विवरण खुलाएर सञ्चालक समितिमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।