यूनाइटेड अजोड इन्स्योरेन्सले कमायो ११ करोड ६१ लाख नाफा
वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:०९
3.22K
shares
shares

काठमाडौं, ३० वैशाख । यूनाइटेड अजोड इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले यस अवधिसम्म ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत आवको यसै अवधिसम्म २७ करोड ४१ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको सोही अवधिमा भने ५७.६५ प्रतिशत कम खुद नाफा गरेको हो।
कम्पनीको खुद ब्याज आम्दानी पनि ७८ करोड ४४ लाख रूपैयाँबाट ८.१६ प्रतिशतले घटेर ७२ करोड ४ लाख रूपैयाँमा झरेको छ।

















