Dhulikhel Eco Banner new

प्रतितोला १ हजारले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.35K
shares

काठमाडौं, १९ जेठ । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार तोलामा १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमवार १ हजारले बढेर प्रतितोला १ लाख ८९ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आइतवार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर प्रतितोला १ हजार ९९० रुपैयाँमा कायम भएको छ ।