Dhulikhel Eco Banner new

एभरेष्ट कलरले आइपीओ निष्काशन गदै,बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

2.5K
shares

काठमाडौं, २९ जेठ ।  एभरेष्ट कलर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर ७ लाख ९० हजार कित्ता शेयर बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

उक्त कामको लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच बुधवार प्रत्याभुति सम्झौता गरेको छ ।

अन्य कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपाल लि.ले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।