Dhulikhel Eco Banner new

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

3.25K
shares

काठमाडौं, २ असार । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले उक्त शेयर हाल बैंककै कायम विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले शेयर संख्था र मूल्य भने खुलाएको छैन ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले के कति खरिद गर्न चाहेको हो सोको विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।