प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असार ५ बिहीवार १०:३८
shares

काठमाडौं, ५ असार । प्रभु बैंकले लिमिटेडले शेयर बिक्रीमा राखेको छ। बैंकले पौने ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकको संस्थापक समूहको २ लाख ७८ हजार २०६ कित्ता शेयर बिक्रीमा राखिएको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।















