Dhulikhel Eco Banner new

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीईओमा भण्डारी नियुक्त

2.87K
shares

काठमाडौं, १४ असार । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । असार १३ गतेदेखि लागू हुने उनलाई सो पदमा नियुक्त गरेको हो ।

यसअघि उनले नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको अनुभव सम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व हुन् ।

नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङको चुक्ता पुँजी २० करोड रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।