Dhulikhel Eco Banner new

आवासीय घर निर्माण वा खरिदका लागि कर्जाको सीमा ३ करोड पुग्यो

2.85K
shares

काठमाडौं, २७ असार । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट अधिकतम ३ करोड सम्म कर्जा लिन सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा बढाएको हो।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाएको हो ।