Dhulikhel Eco Banner new

नेपालमा क्यान्सर उपचारका लागि दुर्लभ औषधि निःशुल्क उपलब्ध हुने

2.99K
shares

काठमाडौं, २९ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक ३७ प्रकारका औषधिहरू अब नेपालमै निःशुल्क उपलब्ध हुने जानकारी दिएका छन् ।

अमेरिकास्थित डाइरेक्ट रिलिफ र वान हर्ट वर्ल्डवाइड को सहकार्यमा प्राप्त ती औषधिहरू आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ९भरतपुर०, भक्तपुर क्यान्सर अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) र वीर अस्पताल (काठमाडौं) मा ती औषधिहरू निःशुल्क वितरण गरिनेछ।

मन्त्री पौडेलले पाँच वर्षसम्म निरन्तर औषधि सहयोग प्राप्त हुने जानकारी दिँदै, थप औषधिहरू ल्याउन पहल भइरहेको बताए।