Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

1.77K
shares

काठमाडौं, १२ साउन । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले नायब प्रबन्धक, सहायक प्रबन्धक, सहायकरवरिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा जनशक्ति माग गरेको हो।

नायब प्रबन्धक पदका लागि चार्टर्ड एकाउन्टेन्सी कोर्ष उत्तीर्ण गरी पाँच वर्षको अनुभव आवश्यक छ। सहायक प्रबन्धकका लागि स्नातक तह उत्तीर्ण गरी आठ वर्षको लघुवित्त अनुभव हुनु पर्नेछ। सहायकरवरिष्ठ सहायक पदका लागि तीन वर्षको अनुभव र प्रशिक्षार्थी सहायकका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भएको हुनु पर्नेछ।

सबै पदका लागि कम्प्युटर, इन्टरनेट र इमेलको राम्रो ज्ञान अनिवार्य गरिएको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारले अबको १५ दिनभित्र संस्थाको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्नेछन्।