सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि–अर्डर सुरु गर्ने घोषणा, साउन २२ देखि २९ सम्म अवसर
वि.सं.२०८२ साउन १८ आइतवार ११:०९
shares

काठमाडौं, १८ साउन । सामसङ नेपालले अत्याधुनिक प्रविधि तथा आकर्षक डिजाइनसहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर साउन २२ देखि २९ गतेसम्म खुल्ला हुने घोषणा गरेको छ।
ग्लोबल अनप्याक्ड कार्यक्रमपश्चात नेपालमा सार्वजनिक भएका यी स्मार्टफोनहरू सामसङको फोल्डेबल लाइनअपमा सबैभन्दा पातलो, हलुका र स्मार्ट ए।आइ। क्षमतायुक्त डिभाइसहरू हुन्।
ग्यालेक्सी जेड फोल्ड७ ले प्रिमियम डिजाइन, शक्तिशाली क्यामेरा कार्यक्षमता र अत्याधुनिक ए.आइ. फिचरहरूसहित प्रयोगकर्तालाई फरक तहको स्मार्टफोन अनुभव दिन्छ। खोल्नेबित्तिकै ठूलो, इमर्सिभ डिस्प्लेले मल्टिटास्किङ, काम र मनोरञ्जन सबैमा उत्पादनशीलता बढाउँछ।
ग्यालेक्सी जेड फ्लिप७ भने खल्तीमै अट्ने कम्प्याक्ट स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको छ । सानो आकारमा फ्ल्यागशिप अनुभव दिइएको छ। अबको फ्लिप७ मा ४.१ इन्चको फ्लेक्सविन्डो स्क्रिन, १।२५ मिमी मात्र मोटाइको बेझेल, तथा फोन नखोली नै चलाउन मिल्ने इन्ट्युटिभ विजेट इन्टर्फेस रहेको छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापित का अनुसार, “ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको परिभाषा नै परिवर्तन गरिदिएको छ। ग्यालेक्सी ए।आइ। र उच्चस्तरीय हार्डवेयरको संयोजनले अझ सहज र पावरफुल उपयोग अनुभव दिन्छ।”
फ्लिप७ को क्यामेरा अब अझ उत्कृष्ट स्टेबलाइजेसन र रङ सटीकता सहित आएको छ भने थर्मल म्यानेजमेन्ट प्रणाली सुधारिएको छ। साथै, सफ्टवेयर अप्टिमाइजेसनमार्फत ब्याट्रीको आयु पनि अझ लम्बिएको छ।
सामसङका यी फोल्डेबल फोनहरू नेपाली बजारमा प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताका लागि अर्को स्तरको अनुभव हुने अपेक्षा गरिएको छ। प्रि(अर्डर अवधिभर विशेष अफर र सुविधा पनि उपलब्ध हुने जानकारी सामसङ नेपालले दिएको छ।
















