एभरेष्ट बैंकले कमायो ४ अर्ब ९१ करोड खुद नाफा, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ साउन २६ सोमवार १०:३१
shares

काठमाडौं, २६ साउन । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा खुद नाफा ४ अर्ब ९१ करोड भन्दा बढि कमाउन सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.८१ प्रतिशत बढि हो ।
अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै अघिल्लो वर्ष बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ नाघेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि साढे ९ अर्ब रुपैयाँबाट बढेर ११ अर्ब १६ करोड रुपैयाँ नाघेको छ।
बैंकले अघिल्लो वर्ष ५ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ३१.६३ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। आम्दानी र नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको यस बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ।
चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९५ करोड रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले १ अर्ब १० करोड रुपैयाँ सापटी लिएर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।


















