बरुण हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड
वि.सं.२०८२ भदौ १८ बुधवार १०:२५
shares

काठमाडौं, १८ भदौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म आवेदन खुला गरेको हकप्रद शेयर भदौ १७ गते बाँडफाँड गरिएको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद अर्थात १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता शेयर जारी गरेको थियो। यो हकप्रद शेयर कम्पनीका लागि जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूलाई लक्षित गरेर निष्काशन गरिएको हो।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार, रितपूर्वक आवेदन दिएका २८ हजार ७५५ जना शेयरधनीलाई कुल ५१ लाख १९ हजार ७०७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको छ।
यस हकप्रद निष्काशनमा २ लाख ३८ हजार ४४३ कित्ता शेयर बिक्री हुन सकेन। कम्पनीले बाँकी रहेका यी अवितरित शेयरहरू लिलामी प्रक्रियामार्फत सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्ने तयारी गरेको छ।














