Dhulikhel Eco Banner new

काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, नासु दुई लाख नगदसहित पक्राउ

2.24K
shares

काठमाडौं, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार काभ्रे स्थित जिल्ला मालपोत कार्यालयमा छापा मारेको छ।

बिहान करिब ११ बजेतिर अख्तियारको टोलीले छापा मार्दै मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। कर्मचारी भण्डारीलाई सेवाग्राहीसँग आर्थिक लेनदेन गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीको रोहवरमा मुचुल्का उठाउने प्रक्रिया अगाडि बढाइएको छ।