Dhulikhel Eco Banner new

शेयर बजार ३६ अंकले उचालियो, लगानीकर्ता भन्छन्– अब बजार उकालो लाग्छ

6.71K
shares

काठमाडौं, ७ असार । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले बढेर १ हजार ९ सय २० दशमलव ७० अंकमा पुगेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९७ अंकले बढेको छ । कारोबार रकम पनि १ अर्ब २३ करोड माथि पुगेको छ ।

दिनभर भएका २४ हजार ९८३ कारोबारबाट २३१ कम्पनीका ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट शेयर कारोबार रकम १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार घटिरहेको बजारमा मंगलबार भने सुधार देखिएको हो । मंगलबार नेप्से परिसूचक बढेसँगै लगानीकर्ताहरुले अब बजार उकालो लाग्ने अनुमान गरेका छन् ।