शेयर बजारमा १०३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असोज ९ बिहीवार १५:३७
shares

काठमाडौं, ९ असोज । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.३५ अंकले घटेर २,६५२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सिटी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले ५.८५ प्रतिशतका दरले गुमाएका छन् भने समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ४.११ प्रतिशतका दरले गुमाएका छन् भने सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् ।















