स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा
वि.सं.२०८२ असोज ३१ शुक्रवार १२:४४
3.45K
shares
shares

काठमाडौं, ३१ असोज । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई आकर्षक १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन्।

















