Dhulikhel Eco Banner new

प्रतिकित्ता ३७० रुपैयाँमा फरवार्ड माइक्रोफाइनान्सका संस्थापक शेयर बिक्री खुला

2.94K
shares

काठमाडौं, १७ कात्तिक । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर लिलामी (बढाबढ) मार्फत बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३७० रुपैयाँ तोकेको छ।

शेयर खरिद गर्न इच्छुकहरुले न्यूनतम १ हजार कित्ता माग गर्नुपर्नेछ भने अधिकतम कित्ता भने माग अनुसार सम्पूर्ण निःशेष भागसम्म माग गर्न सकिने कम्पनीले जनाएको छ।

लिलामीका लागि बोलपत्र आज कात्तिक १७ गतेदेखि खुला भएको छ र इच्छुकहरुले कात्तिक २३ गतेभित्र आफ्नो बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुनेछ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघ–संस्थाहरूले पनि लिलामीमा भाग लिन सक्ने जानकारी कम्पनीले दिएको छ।