नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल
वि.सं.२०८२ कात्तिक १९ बुधवार १५:४०
shares

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ। पौडेलको प्रवक्ताको कार्यकाल आज (कात्तिक १९ गते) देखि लागू हुनेछ।
पौडेलले वि.सं. २०५९ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। करिब दुई दशक लामो बैंकिङ करिअरमा उनले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागमा जिम्मेवारी सम्हालेका छन्।
समृद्ध प्रशासनिक र नीतिगत अनुभव भएका पौडेल हाल बैंकको मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्। प्रवक्ताको रूपमा उनले राष्ट्र बैंकको नीति, गतिविधि र निर्णयबारे आधिकारिक जानकारी सार्वजनिक गर्ने जिम्मेवारी वहन गर्नेछन्।















