शेयर बजारमा १६५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:२८
shares

काठमाडौं, २० कात्तिक । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.२९ अंकले बढेर २,५९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ४१ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सम्पदा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन पिपुल्स पावरका लगानीकर्ताले ४.३७ प्रतिशतका दरले गुमाएका छन् भने माृेदी इनर्जीका लगानीकर्ताले ३.०७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, एनआइबिएल स्टेबलका लगानीकर्ताले ३.०७ प्रतिशतका दरले गुमाएका छन् भने इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले २.९८ प्रतिशतका दरले गुमाएका छन् ।















