Dhulikhel Eco Banner new

बैंकहरूको मुद्दती निक्षेपमा ३ अर्ब ७० करोड लगानी गर्दै राष्ट्र बैंक

3.11K
shares

काठमाडौं, २४ कात्तिक। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उक्त रकम एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको जनाएको हो।

सूचना अनुसार, राष्ट्र बैंकले २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, ५५ करोड ५० लाख रुपैयाँ विकास बैंकहरूमा, र १८ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने तयारी गरेको छ।

यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले कात्तिक २६ गते ९बुधबार० सम्म आफूले प्रस्ताव गर्ने ब्याजदर सहित राष्ट्र बैंकमा आवेदन पठाउनुपर्नेछ।

राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार, निक्षेप लिन इच्छुक संस्थाहरूले कम्तीमा दुई वर्ष सञ्चालनमा आइसकेको हुनुपर्नेछ। साथै, केन्द्रीय बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात, खुद निष्क्रिय कर्जा अनुपात ९३ प्रतिशतभन्दा बढी नभएको०, र कुल कर्जा सापटीको अनुपात ८ प्रतिशतभन्दा बढी नभएको हुनुपर्नेछ।

त्यस्तै, संस्थाले खुद तरल सम्पत्ति अनुपात र कर्जा(निक्षेप अनुपात ९ऋम् च्बतष्य० पनि केन्द्रीय बैंकले तोकेको सीमा भित्र कायम राख्नुपर्नेछ। अघिल्लो आर्थिक वर्षमा खुद नाफा कमाएको तथा कुनै पनि कारणले समस्याग्रस्त घोषणा नभएको वा घोषणा भए पनि फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने शर्त पनि तोकिएको छ।

साथै, निक्षेप पाउने संस्थाले सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने उल्लेख गरिएको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६९ख० बमोजिमका प्रावधानअनुसार यो प्रक्रिया अघि बढाउने जनाएको छ।