Dhulikhel Eco Banner new

माफीपछि तिम्सिना साइबर ब्यूरोबाट छुटे

5.15K
shares

काठमाडौं, २४ कात्तिक। पत्रकार माधव तिवारीसँग माफी मागेपछि पत्रकार प्रकाश तिम्सिना साइबर ब्यूरोबाट छुटेका छन्। तिवारीले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले तिमल्सिनालाई सोधपुछका लागि भोटाहिटीस्थित कार्यालयमा बोलाएको थियो।

ब्यूरोका अनुसार प्रारम्भिक सोधपुछमा तिम्सिनाले आफूले चरित्रहत्या गर्ने उद्देश्यले भिडियो पोष्ट नगरेको स्पष्ट पारेका छन्। उनले उक्त भिडियो आफैंले नबनाएको पनि बताएका छन्। सोधपुछ एसपी बीरेन्द्र बहादुर शाहीको उपस्थितिमा गरिएको हो।

उक्त विवादको सुरुवात ‘गुरु भट्टराई’ नामका व्यक्तिले सामाजिक सञ्जालमा पत्रकार माधव तिवारीको चरित्रहत्या गर्ने उद्देश्यले स्टाटस लेखेपछि भएको थियो। त्यसै स्टाटसका आधारमा तयार गरिएको भिडियो तिमल्सिनाले आफ्नो फेसबुकमा साझेदारी गरेको आरोप लागेको थियो।

यस प्रकरणमा उजुरी दिने माधव तिवारी नेपाल पत्रकार महासंघसँग आबद्ध पत्रकारिता विकास समाजका अध्यक्ष तथा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का पूर्व उपाध्यक्ष हुन्। आरोपित प्रकाश तिमल्सिना पनि पत्रकार हुन्।

ब्यूरोका एक अधिकृतका अनुसार भिडियो पोस्ट गर्ने भनिएका अर्का व्यक्ति गुरु भट्टराई हाल फोन अफ गरेर सम्पर्कविहीन छन्।