Dhulikhel Eco Banner new

सुन सस्तियो, तोलामा कति पुग्यो ?

6.4K
shares

काठमाडौं, १० असार । नेपाली बजारमा सुनको कारोबार हुने हप्ताको अन्तिम दिन सुनको मूल्य सस्तिएको छ । लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्य साताको अन्तिम तीन सय रुपैयाँले सस्तिएको हो ।

अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँले घटेर शुक्रबार तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिन तोलाको ९७ हजार ५ सय पुगेको सुन त्यसयता लगातार घटबढ भइरहेको हो । चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको कारोबार मूल्य साताको पहिलो दिन १ हजार २ सय ६५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८२५.३७ डलर रहेको छ । चाँदी पनि २१.३३ डलरबाट प्रतिऔंस २१.०६ डलर पुगेको छ ।