सिटी होटलको लिलामी हकप्रद शेयर बाँडफाँड
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १०:४२
shares

काठमाडौं, १२ मंसिर । सिटी होटल लिमिटेडले कात्तिक २३ देखि ३० गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएका अवितरित हकप्रद शेयरको बाँडफाँड गरेको छ । बिक्री अवधिभर परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते खोलेपछि मंसिर ११ गते कम्पनीको सञ्चालक समितिबाट बाँडफाँड गरिएको हो ।
कम्पनीले संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फ लकइनमा रहेका ६ हजार कित्ता र सर्वसाधारण तर्फ लकइनमा नरहेका १ लाख ५४ हजार ४१९ कित्ता गरी कूल २१ लाख ५० हजार ४१८ कित्ता शेयर लिलामीमा राखेको थियो ।
बाँडफाँडमा संस्थापक समूहतर्फ प्रति कित्ता २५१ रुपैयाँ, कर्मचारी लकइन शेयरको ३०६.१० रुपैयाँ र सर्वसाधारण लकइन रहित शेयरको ४३६ रुपैयाँ कट अफ मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ । कट अफ मूल्यमा बोलपत्र पेस गर्ने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।















