Dhulikhel Eco Banner new

निफ्राले दियो ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन

5.93K
shares

काठमाडौं, १० असार । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऋणपत्र निष्कासन गर्नका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा असार १ गते निवेदन दिएको हो ।

कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्न सेबोनमा निवेदन दिएको हो ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि निफ्रा ऊर्जा ऋणपत्र २०८५÷८६ नामक ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।