२४औँ वार्षिकोत्सव मनाउँदै मेटलाइफ नेपाल, स्वास्थ्य र डिजिटल सेवामा नवीन पहल
वि.सं.२०८२ मंसिर २९ सोमवार १७:१७
shares

काठमाडौं, २९ मंसिर । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीले देशभरका लाखौँ मानिसहरूको जीवन सुरक्षा र वित्तीय पहुँचमा निरन्तर योगदान गर्दै आएको छ।
वार्षिकोत्सव कार्यक्रममा मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा तथा मेटलाइफ नेपालको वरिष्ठ व्यवस्थापन टोलीका सदस्यहरू सहभागी थिए। कार्यक्रममा कम्पनीका कर्मचारी र उनका परिवारले विगत वर्षका उपलब्धिहरू प्रकाश पारे।
मेटलाइफ नेपालले आफ्नो यात्रामा डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहक सेवा पहुँच बढाउने क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ। कम्पनी नेपालमा पहिलो पटक ३६०हेल्थ सेवा र वान बाई मेटलाइफ मोबाइल एप मार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने बीमा कम्पनी बनेको छ।
एलेना बुटारोभाले भनिन्, “हामी आगामी वर्षहरूका लागि अझ उत्साहित छौँ। नेपालसँगै बढ्दै, हाम्रा ग्राहकहरूको भविष्यमा थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ।”
कम्पनीले यस वर्ष ग्रेट प्लेस टु वर्क मान्यता प्राप्त गरेकामा गर्व व्यक्त गर्दै, आफ्ना सम्पूर्ण कर्मचारीको समर्पणको प्रशंसा गरेको छ। स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता पहलहरूमा कर्मचारीहरूको योगदानलाई विशेष धन्यवाद दिइएको छ।















