शेयर बजारमा ३ अर्ब ४२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ पुस ८ मंगलवार १५:२९
4.3K
shares
shares

काठमाडौं, ८ पुस । शेयर बजारमा ३ अर्ब ४२ करोडको कारोबार हुँदा एसवाई प्यानल नेपालको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ९८ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सागर डिस्टिलरीको ८ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको ७ करोड ४३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको ६ करोड ८२ लाख रुपैयाँ कारोबार भएको छ ।















