Dhulikhel Eco Banner new

संसद बैठकमा बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार पेश हुने

754
shares

काठमाडौं, २९ वैशाख । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिको बैठकमा यसबारे जानकारी दिँदै उक्त सिद्धान्त तथा प्राथमिकतामा सांसदहरूले दिने सुझावलाई बजेट निर्माण प्रक्रियामा समेटिने बताएका छन्।

उनका अनुसार संसदमा प्रस्तुत हुने दस्तावेजलाई आधार बनाएर आगामी बजेटलाई अझ समावेशी र व्यावहारिक बनाउने तयारी गरिएको छ।