श्रीलंकन संकट : राष्ट्रपति राजापाक्षे भागेपछि सभामुख बने राष्ट्रपति
वि.सं.२०७९ असार २६ आइतवार ०९:२२
shares

काठमाडौं, २६ असार । श्रीलंकन राष्ट्रपति गोटावय राजापक्षे भागेपछि त्यहाँका समाभुखले राष्ट्रपतिको काम गर्ने अधिकार पाएका हुन् । आर्थिक संकटमा फसेको श्रींलकामा पछिल्लो समय अत्यवश्यकीय वस्तुहरुको अभाव समेत चुलिएको छ । दिनदिनै आन्दोलन समेत भइरहेको छ । आन्दोलनकारीहरुले राष्ट्रपति राजापाक्षेको सरकारी निवास नै प्रदर्शनकारीहरुले कब्जामा लिएका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति निवास नै कब्जामा लिएपछि राष्ट्रपति राजापाक्षे भागेर वेपत्ता छन् । अहिले कुन अवस्थामा कहाँ छन् भन्ने कुरा स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
राष्ट्रपति भागेपछि त्यहाँका सभामुख अस्थायी राष्ट्रपतिको रुपमा जिम्बेवारी लिएका हुन् । श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब अवस्था हो ।
विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ। मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका छन् ।
महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित भएका थिए र उक्त प्रदर्शनले असाधारण रूप लिएको थियो।
राष्ट्रपति भवनमा जम्मा भएको ठूलो भिड अवरोधहरू हटाएर भवनभित्रै प्रवेश गरेको थियो।















