बाह्य क्षेत्रका कारण अर्थतन्त्र चुनौतीपूर्ण बन्यौ : गभर्नर अधिकारी
वि.सं.२०७९ असार २६ आइतवार १८:४४
shares

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले बाह्य क्षेत्रका कारण अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी अन्तक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार नै मौद्रिक नीति आउने उनको भनाइ थियो । केन्द्रिय बैंकले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको भन्दै व्यवसायीले चाहेको जस्तो मौद्रिक नीति नआउने उनको भनाइ छ ।
‘महाप्रसादको दिमागमा के छ भनेर वा तपाईहरुले दिएको सुझाव अनुसार मौद्रिक नीति आउँदैन्, आजको हाम्रो अर्थतन्त्रलाई स्थिर बनाउनु पर्ने छ, अर्थतन्त्र स्थिर भएन भने समस्या हुन्छ, त्यसैले अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक नीति आउँछ,’ उनले भने ।
निजी क्षेत्रले आपूm अनुकुलको नीति आओस भन्ने अपेक्षा गर्नु स्वभाविक भएको अधिकारीको भनाइ छ । अधिकारीले कोरोना महामारीका क्रममा अर्थतन्त्रलाई चलायमान बनाउन सुविधा दिएर पनि आवश्यकता अनुसार त्यसलाई संशोधन गरिएको जानकारी दिए । यति भने पनि महासंघले दिएको सुझाबलाई मौद्रिक नीतिमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।














