Dhulikhel Eco Banner new

सीसीटीभी फुटेज प्रकरण– निवर्तमान अर्थमन्त्री शर्माको वयान आज

5.03K
shares

काठमाडौं, ४ साउन । अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति पसेर करका दरहरु हेरफेर गरिएको विषयमा संसदीय छानविन समितिले छानवीन गरिरहेको छ । तत्कालिन अर्थमन्त्री माथि यो घटनाको दोष लगाइएको छ । तर हालसम्म पनि कुनै प्रमाण फेला पार्न नसकेको समितिले आज बुधबार तत्कालिन अर्थमन्त्री शर्मासँग वयान लिदैछ ।

वयानका लागि बुधबार दिउसो समितिले शर्मालाई बोलाएको छ । संसदीय समिति गठन भएपछि छानवीनमा सघाउन भन्दै सोही दिन अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका थिए । शंकास्पद दिनको सीसीटीभी फुटेज रिकभर गर्न समितिले प्रहरीको प्रयोगशालामा पठाएको छ । यसप्रकरणमा समाचार लेखेका पत्रकारहरुसँग समेत समितिले छलफल गर्ने बताएको छ ।