हरेक वर्ष १ हजार नयाँ उद्योग दर्ताको वातावरण बनाउछौँ : अध्यक्ष अग्रवाल
वि.सं.२०७९ साउन ८ आइतवार १८:११
shares

काठमाडौं, ८ साउन । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले हरेक वर्ष १ हजार नयाँ उद्योग दर्ताको वातावरण बनाएर कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने गरी काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १९ औँ साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले आगामी ५ वर्षमा ४.६ अर्ब अमेरिकी डलर निर्यात हुने वातावरण निर्माण गर्ने र यसबाट कुल ग्राहस्थ उत्पादनमा सहयोग पुग्ने बताएका हुन् ।
‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत् देशमा उत्पादनमुलक उद्योगको संख्या बढाइने अग्रवालको भनाइ छ । कोरोना महामारीका क्रममा अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्र ऋणात्मक रहेको उनले बताए । अहिले लगानी विस्तार हुन नसक्दा मागमा निरन्तर गिरावट आउने र त्यसले अर्थतन्त्रमा थप जोखिम पर्न उनको भनाइ थियो ।
अग्रवालले कृषिजन्य भूमिमा समेत कृषि उपजको आयात भइरहेकाले सबैको प्रयास कृषि उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

















