Dhulikhel Eco Banner new

ढकाल र मुरारकालाई सुकिर्तिमय राष्ट्रदिप

6.59K
shares

काठमाडौं, ३ असोज । सरकारले प्रदान गर्ने सुकिर्तिमय राष्ट्रदिप पदक उद्योगी चन्द्र प्रसाद ढकाल र पशुपति मरारकालाई प्रदान गर्ने भएको छ । संबिधान दिवसका अवसरमा गृह मन्त्रालयले सार्वजनिक गरेको पदक तथा बिभुषण प्राप्त गर्नेहरुको सूचिमा ढकाल र मरारका पनि समावेश भएका हुन् ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रहेका छन् । उनी चैत पछि स्वतः अध्यक्ष बन्ने छन् । यता मुरारका महासंघका पूर्व अध्यक्ष हुन् । उनी अहिले महासंघको बिशिष्ट सदस्यका रुपमा रहेका छन् ।