Dhulikhel Eco Banner new

६८१ कैदीलाई आममाफि

4.86K
shares

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा कैद सजाय भुक्तान गरिरहेका ६८१ जनालाई आम माफि दिइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरिरहेकामध्ये राम्रो चालचलनका आधारमा उनीहरुलाई आम माफि दिइएको हो ।

राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्ब’सहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिएकि हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिए ।