GBIME

‘लघुवित्तलाई मात्रै दोष दिएर हुँदैन्, समस्या भएका ठाउँमा सुधार गर्दै अघि बढ्नु पर्छ’

2.14K
shares

काठमाडौं, ९ मंसिर । पछिल्लो सयम लघुवित्तले सर्वसाधारणलाई दुःख दिएकोभन्दै आन्दोलन समेत भयो । लघुवित्तबाट ऋण लिनेहरुले लघुवित्तले बदमासि गरेको आरोप लगाउँदै आएका छन् । तया लघुवित्तहरुले भने आफूहरुले आम सर्वसाधारणलाई वित्तीय सहयोग गरेको दावी गरिरहेका छन् । के लघुवित्तले बदमासि गरेकै हुन् वा आरोप मात्रै लगाइएको हो । यसै विषयमा केन्दित रहेर लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंश :

लघुवित्तको विषयलाई लिएर जनताहरु सडकमा आएका छन् । के छ तपाईंको धारणा ?

लगभक ५९ लाख मानिसहरु लघुवित्त संग जोडिएका छन्। जसमध्ये ३३ लाखभन्दा बढिले ऋण लिएर कारोबार गरेका छन् । संस्थाहरुको काम गराई वा कार्यसैलीमा केही कमजोरी छ तर त्यो भन्दा बढी केहि व्यक्तिहरु खास गरि निजी स्वार्थ वा कुनै राजनीतिक संघमै जोडिएका मान्छेहरु पनि त्यसको नेतृत्व गरेको थाहा पायौं । त्यो चाहिं दुर्भाग्य हो । कुनै पनि व्यक्तिको आफ्नो स्वार्थसिद्धको लागि यो आएको जस्तो लाग्छ ।

स्वार्थसिद्धको लागि हो भन्ने अवस्था छ र ? आम नागरिक पनि सडकमा आएको अवस्था छ नि त ? अनि उनिहरु को बाट परिचालित भए ?

नागरिकहरु त परिचालित भए । तर जस्तै थुप्रै मिडियाहरुले चाहिं नेतृत्वमा भएको मान्छे चाहिं कुनै पार्टीसंग जोडिएको भनेर भन्या छ । तर राजनीतिक दलमा लागेको मान्छे अलिक सचेत हुनु पर्ने तर उहाँहरुको के स्वार्थ हो थाहा छैन । यो वित्तीय संस्था, लघुवित्तलाई बन्द गराएर कस्को स्वार्थ पुरा हुने हो थाहा छैन । तर त्यो चाहिं दुरभाग्य हो ।

अहिले चाहिं मन्दिको अबस्था छ जसकाकारण ग्राहकलाई किस्ता तिर्न अफ्ठ्यारो छ । त्यो त स्वभाबिक नै भयो, त्यसमा बढी लघुवित्तका कर्मचारीहरुले पैसा देउ भनेर अलिक प्रेसर दिएको अबस्था पनि होला । तर त्यो सहज अबस्था त हैन हामीलाई पनि त्यति राम्रो त लाग्दैन । तर ऋण लगेको हो किस्ता असुल त गर्नुपर्छ त्यो त संस्था को काम हो उसले गर्छ ।

त्यो सर्वसाधारणलाई दबाव दिएको चाहिँ हो कि हैन ? ऋण उठाउने कुरामा तपाईंहरु कत्तिको दबाव दिनुहुन्छ ?

ऋण उठाउने त स्वभाविक हो त्यो त जसले नि भन्छ । ठुला मान्छे पनि सडकमा आउनु भएको छ । समस्या त छ त्यहां पनि बैंक वित्तिय संस्थाले मागि रहेको छ । समस्या छ यो सबैको समस्या हो, त्यस कारण समस्या कहाँ छ के छ त्यो हेरौँ भनेर सबै मिल्यौं भने त्यो समस्याको समाधान निस्किन्छ ।

तर बैंक तथा वित्तिय संस्था बन्द गर यिनिहरु भनेको साहु मार्जन हो भन्दै बिभिन्न नाम दिएर लघुवित्तप्रति नकारात्मक धारणा फैलाउने काम भैरहेको छ त्यो हाम्रो लागि चिन्ताको विषय बनिरहेको छ ।

माईक्रो फाइनान्स एसोसिएसनको नेतृत्व अलिक कमजोर भएका हो कि ?

एसोसिएसन आफैले गर्दा चाहिं त्यो व्याख्या हु्दैंन । हामी आरोपित व्यक्ति हो, आरोपित व्यक्तिले जे भने पनि त्यो लागि हुदैंन । खासगरि नियामक निकाय जस्तै नेपाल राष्ट्र बैंक, नेपाल सरकार उहांहरुको माग चाहिं लघुवित्तको ऋण मिनाहा गर्नुपर्यो कसले दिने हो त मिनाहा । हामीले बैंक वित्तिय संस्थाबाट ऋण लिएर ऋण लगानी गर्या छौ । त्यो ऋणमा हामीले मिनाहा दियौ भने हामीले बैंक वित्तिय संस्थालाई तिर्न सक्दैनौं ।

लघुवित्तले समग्रमा कति लगानि गर्या छ ?

लघुवित्तको झन्डै ३७५ अर्बको लगानी रहेको छ ।

अहिले मिनाहा गर्नु पर्ने आवाज उठिरहेको रकम कति छ ? निकै ठूलो मात्रामा छ कि केही मात्रै हो ?

उहांहरु त्यहिं आएको मान्छेलाई पनि व्यक्तिगत रुपमा सोध्यो भने कन्भिन्स हुनुहुन्न । त्यहि पनि सडकमा आउँदैमा फिर्ता भैहालछ कि भन्ने थोरै आश जगाइदिएको हुनसक्छ । तर त्यो मान्छेलाई थाहा छ कि बैंक वित्तिय संस्थाको ऋण नतिर्नु भनेको बैंकिङ्ग अपराध हो । कानुनि रुपमा गृह मन्त्रालयले पनि परिपत्र गर्या छ । तर त्यसलाई मजाले कार्यन्वयन भने गरेको अवस्था छैन् ।

कार्यन्वयन किन भएन ? तपाईंले पहल गर्नु भएन ?

हामीले पहल गर्ने त हो तर अहिले देश चुनाबी माहोलमा छ । सबै कर्मचारिहरु अहिले चुनाबमा लागेको अवस्था छ । त्यस कारणले अहिले अरु बिषयमा छलफलको कम सम्भावना छ । त्यो पनि एउटा कारण होला, र यो कानुनी रुपमा गैरकानुनि हो भन्ने कुरा गृह मन्त्रालयको चिट्ठिले पनि भनिसकेको छ । बैंकको ऋण तिर्दिन भन्नु चाहिं बैंकिङ्ग अपराध हो ।

तर तपाईंहरुले ढाड सेक्ने गरी ब्याज लगेको त स्वीकार गर्नुहुन्छ नि ?

नेपाल राष्ट्र बैंकले तोकेको लघुवित्त संस्थाहरुको १५ प्रतिशत ब्याज दर हो । कसैले १६ प्रतिशत लगाको छ, प्रमाण छ भने त उजुरि गर्नु पर्यो नि त । धेरैमा पनि एउटा दुविधा के छ भने व्याज दर चाहिं राष्ट्र बैंकले क्याप लगाइदिएको छ १५ प्रतिशत, तर अन्य विभिन्न शुल्कका नाममा चाहिं ग्राहकको ढाड सेक्ने काम भइरहेको छ ?

मान्छेले एउटा रेगुलर बचत गर्छ । एउटा सेवा चार्ज जुन ऋण दिँदा लिने एउटा रकम छ त्यो चाहिं १.५ प्रतिशत हो र त्यति नै लिरहेका छौँ । अब यहाँ बीमाको कुरा आएको छ ।

कुनै ग्राहकको मृत्यु भयो भने त्यो परिवारलाई बोझ न होस भनेर हामीले बीमा गर्या हौँ र त्यो बीमाबाट आएको प्रिमियम हामीले बीमा कम्पनिलाई दिन्छौं ।

त्यो चाहिं अनीवार्य गर्नु भएको छ ?

त्यो चाहिं हामीलाई राष्ट्र बैंकले पनि गर भनिरहेको छ ।

त्यो त ग्राहकको पनि आफनो इच्छा होला नि त ?

ग्राहकको आफनो इच्छा भन्दा पनि त्यसलाई बाध्यतमक बनाउनु पर्ने छ । किनभने दुर्भाग्यवश एउटा अप्रिय घटना घट्यो भने के गर्ने त्यो बेलामा एउटा ऋण लिएर त्यो मान्छेलाई केही भयो भने के गर्ने । ऋण त मिनाहा हुँदैन् अनि त्यो भोलि पल्ट देखि बैंकका कर्मचारि त्योे मान्छेको घरमा जानु पर्यो पैसा लेउ भनेर त्यो राम्रो भएन नि ।

त्यस कारण बीमाबाट सुरक्षित हुन भनेर सबै विजनेसले गरिरहेको छ । यो त हामीले हाम्रो जोखिमलाई कम गर्न लिएको हो नि त । हामी बाट हुन सक्ने वित्तीय जोखिम या अरु जोखिमलाई कम गर्न लिएको हो नि त । अब कता अनिवार्य पनि ग¥या छ धेरै संस्थाहरुले । कसैले गर्या छैन, त्यस कारणले अब त्यसलाई बैंकले पैसा लियो बैंकले ठग्यो भनेरभन्दा पनि अब कतै के कुरा आउँछ भने हाम्रो व्यवसाय डुब्यो हाम्रो व्यवसायको बीमा पनि गर्दिएन भनेर भन्या छ । बीमा गर्यो भने पैसा किन लियो भन्ने पनि छ ।

त्यो बुजाउन पनि नसक्या होला जनतालाई ?

बुजेर पनि बुज पचाकोहो भन्छु म चाहिं ।

तपाईंहरुको ग्राहक भनेका त सामान्य गाउँका विपन्न वर्ग जो खेती किसानी गर्ने अझ भनौं सहज रुपमा बिहान बेलुकाको छाक टार्न गाह्रो पर्ने ग्राहकहरु पनि हुनुहुन्छ, उहांहरुले त नबुझनु पनि भको होला ?

नबुझनु पनि भको होला हाम्रो पनि कमजोरि छ सुधार गर्न जरुरी छ ।

 तपाईंहरुले वित्तिय साक्षरथाको लागि खर्च गर्नुहुन्न ?

गरि रहको छ तर जति हुनु पर्ने भएको छैन ।

जस्तो लघुवित्तले अत्याधिक नाफा कमाउँछन भनिन्छ । जस्तै हामीले देखेका पनि छौँ कमर्सियल बैंकको शेयर मूल्य २०० रुपैंया पुग्न मुस्किल पर्छ, एउटा लघुवित्तको शेयर मूल्य ५००० सम्म पुग्छ । यसले गर्दा चाहिं लघुवित्तहरुले अलिक बढि नाफा कमाको हो ?

अहिले अर्निङ्ग पर शेयर चाहिं उच्च छ । तर त्यस भित्रको कथा के छ भन्ने कुरा थाहा पाउन जरुरी छ । एउटा सानो ठेला चलाउनेले दिनमा २०० प्रतिशत कमाउँछ, उसको स्केल के थियो भने ५०० लगानी गरेर १००० कमाको हो । पहिलो कुरा त स्केल हो र दोस्रो कुरा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई अलिक उदारता दिएको छ ।

हामीलाई काम गर्न थोरै पुँजीले धेरै विजनेस गर भन्या छ । धेरै विजनेस गर्दा खेरि थोरै थोरै नाफा लिंदा धेरै देखिने भयो । पुँजी अनुसार हेरिन्छ नि त नाफा । जस्तै म आफनै उदाहरण दिन्छु, हाम्रो ३० करोड पुँजी छ, मेरो ५ अर्ब पोर्टफोलियो छ । ५ अर्बमा मैले १ प्रतिशत मात्रै मार्जिन लिए भने मलाई ५ करोड नाफा हुन्छ । ३० करोडमा ५ करोड नाफा हुनु भनेको १६ प्रतिशत हो ।

तपाईंहरुले कतिमा काम गर्नुहुन्छ अहिले ?

अहिले त हाम्रो आम्दानी भन्दा बढि त खर्च छ ।

अहिले तपाईंहरुको समग्रमा एन पि एल को अबस्था के छ ?

समग्र एन पि एल बढ्दो छ । यसको दुईवटा कारण छ । एउटा त ग्लोबल रिसेसनको नै कुरा सबैले पैसा नभएको एउटा अफठ्यारो कुरा भयो अनि पछिल्लो चरणमा नेपालमा पनि जुन विद्रोहहरु भइरहेको छ नि लघुवित्तको खिलाफमा त्यसले गर्दा पनि बढ्या छ । अहिले पख्नुस है तिर्नु पर्दैन भन्या छन् पछि आउँछु भन्ने ग्राहक पनि छन् ।

के गरी समाधान गर्ने होला यो समस्या ? पछि झन विकराल हुन्छ कि ?

नेपाल सरकारले भन्नु पर्छ यि लघुवित्त संस्थाहरु सरकारी नियमन बाट चलेका हुन् । यिनिहरुको केही कमी कमजोरी छ भने उजुरी गर तर यस्तो न भन भन्नु पर्छ । बैंक वित्तिय संस्था डुब्नु भनेको त सबै अर्थ व्यवस्थामा असर पर्नु हो नि त । भोलि बैंकहरु सबै धारासयी भयो भने के हुन्छ होला देशको अर्थतन्त्र ।

लघुवित्तको विचार चाहिं कसरी आयो ? ग्रामिण भेकका जन्ता जो विपन्न छन् तिनिहरुलाई वितीय रुपमा सबल बनाउन आएको विचार हो ? तर पछिल्लो समय धेरै नाफा कमाउने लघुवित्तको शेयर किन्यो भने धेरै कमाइ हुन्छ भनिन्छ । अनि पछिल्लो समय लघुवित्त संस्थाहरु बदनाम भए भन्ने छ यसलाई तपाईं कत्तिको स्वीकार्नु हुन्छ लघुवित्तको बदनामि लघुवित्तकै कारण भएको हो ?

हाम्रो पनि कमि कमजोरी छ, अब एउटा कुरा एउटा ग्राहकले पैसा लिएर गएको छ उसले पैसा तिर्न सक्दैन भनेर उसको गाईबस्तु उठाएर लिएर गए । संस्थाले दबाव नदिएको भए त्यो गर्थेनन् होला । संस्थाको स्टाफले पनि पैसा तिर्न भन्यो संस्थाको स्टाफलाई पनि दबाब छ ।

यो समग्र साइकलको कुरा हो । तर अलिकति बढि नगरेको भएनि हुन्थ्यो हामीलाई लाग्छ । त्यसमा हामी छलफल गरेर करेक्सन गर्न तयार छौं । त्यसको नाममा ऋणनै न तिर्ने भन्न त भएन नि । समस्या छ समस्या सबै तिर छ त्यसको समाधान के हुन्छ भन्ने कुरा जान्नु पर्छ ।

लघुवित्तको छाप कसरी सुधारने, राष्ट्र बैंकले केही गर्दिए हुन्थ्यो भन्ने छ वा हामी आफै सुधारिनु पर्छ भन्ने छ ? की जनताको लागि केही जागरुकताका कार्यक्रम चलाउनु पर्छ भन्ने छ । तपाईंलाइ के लाग्छ यो छाप कसरी सुधारने ?

सबैको भुुमिका हुन्छ त्यसमा, हामीले हाम्रो कार्यनीतिमा परिवर्तन ल्याउनुपर्यो, वित्तिय साक्षरथाको बारेमा बुझाउनु हाम्रो जिम्मेवारी हो हामी गर्छौ । अब नेपाल सरकार, नेपाल राष्ट्र बैंक हाम्रो नियामक उहाँहरुले पनि स्पष्ट पार्दिनु पर्यो कि यो लघुवित्त संस्थाहरु हाम्रो निर्देशनबाट चल्या हो ।

हामीले यहाँबाट नियमन गरिरहेका छौं । संस्थाले केही गर्याे भने हाहीलाई रिपोर्ट गर्नुस, तर ऋण तिर्दैन भन्नु चाहिं भ्रामक हो योे नगर्नु भनेर भन्दिनु पर्यो । अब नेपाल सरकारको झन ठुलो जिम्मेवारी हो, कहिं कतै बैंक वित्तिय संस्थाको पैसा तिरेन भने त धेरै सामाजिक सुरक्षा देखि अरु कुरा बाट वञ्चित हुने अवस्था छ । त्यो कुरालाई स्पष्ट पार्दिनु पर्यो ।

त्यसकारण सबैले इमान्दारिता पूर्वक काम गर्ने हो भने त्यो सुधार पनि हुन्छ । र जनताले पनि बुझछन् । अहिलेको समयमा कसैको सानो एजेण्डा केहि बेनिफिट लिन्छु भनेर पनि हुन सक्छ । तर त्यो मात्र हैन लघुवित्त संस्थाप्रतिनै नकारात्मक धारणा आउनु चाहिं दुर्भाग्य हो । हामी सबै पनि त्यसमा जिम्मेबार छौँ । हामीले सुधार पनि गर्नु पर्छ । नेपाल सरकार अनि अरु निकायहरु ले काम गर्नु पर्छ । तपाईंहरु जस्तो संचारकर्मीले पनि त्यो कुरालाई सकारात्मक रुपमा सम्प्रेषण गर्दिनु भयो भने हामी अगाडि बढ्न सक्छौं । किनभने यो एउटा व्यक्तिको मात्र नभएर समग्र देशको अर्थतन्त्रसंग जोडिएको कुरा हो ।

समग्र देशको शासनसँग जोडिएको कुरा हो । विधिको शासनमा हामी चल्ने कि न चल्ने भन्ने कुरा हो । त्यस कारण त्यो संग नचल्ने हो, यहि रुपमा चल्ने हो भन्ने भए त छुट्टै कुरा हो । नत्र हामी सबैले त्यसमा काम गर्नु पर्छ र संस्था मात्र हैन अरु सबै कुरालाई अगाडि बढाउनु पर्छ ।