लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एचको पदस्थापनमा समाज र राष्ट्रसेवाको प्रतिबद्धता
वि.सं.२०८३ साउन २५ सोमवार १५:५३
shares

काठमाडौं, २५ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एचको लायन वर्ष २०२६/२७ का नवनिर्वाचित तथा नियुक्त पदाधिकारीहरूको पदस्थापन कार्यक्रम तथा पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ।

डिस्ट्रिक्ट गभर्नर उद्धव सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले नवनियुक्त लायन्स पदाधिकारीहरूलाई पद तथा जिम्मेवारीको शपथ गराउँदै समाजसेवा र राष्ट्रसेवामा थप सक्रिय भएर लाग्न आग्रह गरे । कार्यक्रममा लायन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरणलगायतका क्षेत्रमा गर्दै आएको सामाजिक सेवाका बारेमा चर्चा गरिएको थियो। अन्तर्राष्ट्रिय निर्देशक लम्सालले लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनमार्फत नेपालबाट सहयोग भएको रकमभन्दा धेरै गुणा बढी सहयोग नेपालमै सामाजिक तथा मानवीय क्षेत्रमा फर्किएको बताए ।

कार्यक्रममा गभर्नर सिलवालले लायन वर्ष २०२६/२७ का विभिन्न कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि काठमाडौं–लुम्बिनीसम्म कार ¥याली, भक्तपुरमा धिमे बाजा प्रवद्र्धनका लागि मिनिमेला तथा माध्यमिक तहका विद्यार्थीलाई सडक सुरक्षा तालिम सञ्चालन गर्ने जानकारी दिए । उनले ‘Unity in hands, Service in Hearts’ नारालाई आत्मसात् गर्दै सेवा कार्यलाई थप प्रभावकारी बनाउन सबै लायन्स सदस्यलाई आग्रह गरे ।

कार्यक्रममा लायन्स इन्टरनेशनल नेपालमा प्रवेश गरेको ५५औँ वार्षिकोत्सव मनाइएको थियो। साथै समाजसेवा तथा राष्ट्रसेवामा योगदान पु¥याएका विभिन्न लायन्स सदस्य तथा पदाधिकारीलाई सम्मान गरिएको थियो। मेरीगोल्ड माध्यमिक विद्यालय भक्तपुरका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको दोस्रो सत्रमा बसेको पहिलो डिस्ट्रिक्ट क्याबिनेट बैठकले लायन वर्ष २०२५/२६ को आर्थिक प्रतिवेदन तथा २०२६/२७ का सचिव स्मृति श्रेष्ठले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन पारित गरेको थियो।

बैठकमा विभिन्न क्याबिनेट अधिकारी तथा GAT अधिकारीहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्यक्रमबारे छलफल गरिएको थियो। बैठकपछि विभिन्न क्लब तथा सदस्यलाई उनीहरूले सम्पन्न गरेका कार्यक्रमका लागि प्रमाणपत्र वितरण गरिएको थियो।















