GBIME

विदेशी विनिमय सञ्चितिमा १० प्रतिशतको वृद्धि, सोधानान्तर स्थितिमा पनि सुधार

996
shares

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विदेशी विनिमयको सञ्चितिमा सुधार आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यस्तो सञ्चितिमा १० प्रतिशतको वृद्धि भएको हो ।

२०७९ सालको असार मसान्तसम्म १२१५ अर्ब ८० करोड बराकारको विदेशी विनियम सञ्चिति रहेकामा पुस मासान्तसम्म आइपुग्दा १० प्रतिशतले बढेर १३३७ अर्व २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । असार मसान्तमा ९ अर्ब ५४ करोड रेहेको अमेरिकी डलरको सञ्चिति पुस मसान्तसम्म आइपुग्दा १० अर्व ३० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११८३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १५३ अर्ब ९१ करोड कायम भएको छ ।

पुस मसान्तमा शोधानान्तरस्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । यसअघि २०७७ फागुनमा शोधानान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो । आयातमा भएको गिरावटले विदेशी मुद्रा बाहिरिने क्रम रोकिँदा शोधानान्तरस्थिति २३ महिना यताकै राम्रो अवस्थामा पुगेको छ ।