Dhulikhel Eco Banner new

सिभिल मल व्यापार संघको अध्यक्षमा पुनः घिमिरे

9.11K
shares

काठमाडौं, २६ माघ । काठमाडौंको सुन्धारमा रहेको व्यापारिक कम्प्लेक्स सभिल मल व्यापार संघको अध्यक्षमा पुनः रत्न घिमिरे चयन भएका छन् । बुधबार भएको संघको १२ औँ साधारण सभा तथा पाँचौ अधिवेशनले सर्वसम्मत रुपमा घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धनवीर श्रेष्ठ र महासचिवमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सिभिल मलका व्यवस्थापन प्रमुख विश्व प्रकाश मास्के र नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, ढुवानी व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अच्युत खनाल तथा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकार लगायतले व्यवसायीका समस्या र समाधानका बारेमा आफ्नो धारण व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले साधारण सभा तथा अधिवेशनका लागि शुभकामना व्यक्त गर्नुका साथै व्यवसायीले भोग्नु परेका समस्याका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । यसका साथै पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला निकायले यथाशिघ्र पहल गर्नु पर्ने भनाइ पनि उनीहरुको थियो ।

बैंकले बढाएको ब्याजदर लगायतका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको र केही व्यवसायीले आत्महत्यासम्म गरेको भन्दै व्यववसायीहरु आन्दोलनमा जानु उनीहरुको भनाइ थियो । पछिल्लो समय व्यवसायीहरुले भोग्दै आएको समस्यालाई छिटोभन्दा छिटो सम्वोधन गर्नका लागि आग्रह गर्दै त्यसो हुन नसकेको खण्डमा कडा आन्दोलन गर्ने आवाज पनि चर्को रुपमा उठेको थियो ।