सात महिनामा १ अर्ब बढीको हिरा आयात
वि.सं.२०७९ चैत ७ मंगलवार १४:३१
shares

काठमाडौं, ७ चैत । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ अर्बभन्दा बढीको हिरा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ अर्ब ३० करोड ९ लाख रुपैयाँ हिरा आयात भएको हो ।
चालु आर्थिक वर्षको सात महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा करिब १ अर्ब रुपैयाँ कमको हिरा आयात भएको छ । गत वर्षको ७ महिनाको अवधिमा २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँको हिरा आयोत भएको विभागको तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा भने नेपालले १ अर्ब ३७ करोड ६२ लाख रुपैयाँको हिरा आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा अधिकांश हिरा भारतबाट आयात हुँदै आएको छ । सात महिनामा १ अर्ब ३० करोडको हिरा आयात हुँदा भारतबाट मात्रै १ अर्ब २२ करोड ३४ लाख ५७ हजार रुपैयाँको ३४ हजार ९१८ क्यारेट हिरा आयात भएको छ । त्यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई)बाट ६ करोड ९२ लाख ४२ हजारको ९१८ क्यारेट र हङकङबाट ८२ लाख १९ हजार रुपैयाँको हिरा आयात भएको छ ।



















