Dhulikhel Eco Banner new

स्वर्णिम वाग्लेले भोट मागेको भिडियो भाइरल

18.27K
shares

काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेको डा. स्वर्णिम वाल्लेले भोट मागिरहेको भिडियो भाइरल बनेको छ । भिडियोमा वाग्लेले अन्य उम्मेदवारका विषयमा भ्रमपूर्ण सन्देश सहित भोट मागिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको हो ।

भोट माग्ने क्रममा वाग्लेले कांग्रेसबाट उम्मेदवार बनेको गोविन्द भट्टराई राष्ट्रिय सभामा जाने ग्योरेन्टी रहेको बताएका छन् । भिडियोमा नेपाल तरुण दल भानु नगरपालिकाको प्रवक्ता बताउने व्यक्तिसँग उनले कुरा गरिरहेको भिडियोमा देखिएको छ ।

ती व्यक्तिले वाग्लेलाई भन्छन्, ‘म तपाइलाई धेरै सम्मान गर्छु तर गोविन्द भट्टराईको यहाँ धेरै लगानी भएको छ सर ।’ यसमा प्रतिक्रिया दिदै वाग्ले भन्छन्, ‘तपाईंलाई एउटा कुरा भनु म, उहाँ राष्ट्रियसभामा जाँदै हुनुहुन्छ । यो ग्यारेन्टी नै छ ।’