Dhulikhel Eco Banner new

राजश्व संकलन नहुँदाको प्रभाव : अर्थमन्त्रालयले रोक्यो ३२ अर्बको भुक्तानी

6.94K
shares

काठमाडौं, २७ चैत । राजश्व संकलनमा आएको गिरावटका कारण अर्थमन्त्रालयले ३२ अर्बको भुक्तानी रोकेको छ । अर्थमन्त्रालयले पेन्सन पाकेका (सेवा निवृत्त) कर्मचारीको उपदान, औषधि उपचार खर्च र सञ्चित बिदाको रकम रोकेको हो ।

लक्ष्य अनुसारको राजश्व संकन हुन नसकेका कारण सरकारी खातामा दबाब बढेको भन्दै मन्त्रालयले तीन शिर्षकको रकम रोक्का गरेको जनाएको छ । मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई यसका लागि पत्राचार गरिसकेको छ । राजश्व संकलन घटेपछि यसअघि सचिव तोयम रायले अर्थमन्त्री प्रकाशशरण नियुक्ति भएर आउनुअघि नै चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको २ खर्ब ४० अर्ब ८९ करोड रुपियाँ रोक्का गर्ने निर्णय गरिसकेको थिए ।

मन्त्रालयले रोकेको रकममध्ये बजेट उपशीर्षक नम्बर ६०१०००१२ मा उपदान रहेको छ । यो शीर्षकमा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस्तै, बजेट उपशीर्षक नम्बर ६०१०००१३ मा सञ्चित बिदा पर्छ । यो शिर्षका १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसमा कर्मचारीहरुले आफ्नो बाँकी बिदाको रकम प्राप्त गर्छन् । त्यसैगरी उपशीर्षक नम्बर ६०१०००१६ मा विनियोजित १६ अर्ब रुपैयाँ पनि रोक्न गर्न भनिएको छ । यो शीर्षकमा सेवा निवृत्त कर्मचारी औषधि उपचार वापतको रकम प्राप्त गर्छन् ।

सरकारी खातामा सुधार नआएपछि सरकराले तीन शिर्षकको बजेट २०८० साल असार २० गतेसम्म भुक्तानी दिन कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्राचार गरिएको छ ।