वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषमा जाेडिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:४४
5.66K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
वैदेशिक रोजगारीका समस्या समाधान गर्नका लागि २४ घण्टा हटलाइन सेवा सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।



















